आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

गोकर्णेश्वर लाइट एकेडेमीद्वारा सन्तोष चालिसे र विमल ठकुरी सम्मानित

गोकर्णेश्वर खबर१६ मंसिर २०७९, शुक्रबार २०:४७ मा प्रकाशित (१ साल अघि) १५८ पाठक संख्या

१६ मंसिर, काठमाडौं । गोकर्णेश्वर लाइट एकेडेमीले आज काठमाडौं क्षेत्र नं ३ का नवनिर्वाचित संघीय सांसद सन्तोष चालिसे र प्रदेश सभा ३ (ख) का नवनिर्वाचित प्रदेश सभा सदस्य विमल ठकुरीलाई सम्मान गरेको छ । एकेडेमीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको शुभारम्भको अवसरमा आज चालिसे र ठकुरीलाई सम्मान गरेको हो ।

कार्यक्रम गोकर्णेश्वर लाइट एकेडेमीका प्रिन्सिपल सौर्यनाथ आचार्यको सभापतित्व तथा नवनिर्वाचित संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यता तथा प्रदेश सभा ३ (ख) का नवनिर्वाचित प्रदेश सभा सदस्य विमल ठकुरीको विशेष आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा गोनपा ४ का वडा अध्यक्ष जयराम महत, पूर्व वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षासेवी व्यक्तित्वहरुको आतिथ्यता तथा विभिन्न विद्यालयबाट भाग लिएका प्रतियोगी विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।