आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

मंसिर १७ गते गोकर्णेश्वर मन्दिर प्रांगणमा मुवाँथाइ फाईट प्रतियोगिता हुने

गोकर्णेश्वर खबर१४ मंसिर २०७९, बुधबार ११:४५ मा प्रकाशित (१ साल अघि) ८५ पाठक संख्या

१४ मंसिर, काठमाडौं । मंसिर १७ गते शनिबार गोकर्णेश्वर मन्दिर प्रांगणमा मुवाँथाइ प्रोफेशनल फाईट प्रतियोगिता हुने भएको छ । बुधबार गोकर्णेश्वर मुवाँथाइ नगर कमिटिले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

प्रतियोगिता गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद शाखाको आयोजना तथा गोकर्णेश्वर मुवाँथाइ नगर कमिटिको संयोजनमा हुन लागेको हो ।

प्रतियोगिता मंसिर १७ गते शनिबार गोकर्णेश्वर मन्दिर प्रांगणमा बिहान ११ बजेबाट शुरु हुनेछ । प्रतियोगितामा विजेताले नगद रु २० हजार र उपविजेताले रु १० हजार पुरस्कारका साथै विधागत पुरस्कारहरु पाउनेछन् । सहभागि खेलाडीहरुका लागि १ लाखको विमा समेत गरिएको गोकर्णेश्वर मुवाँथाइ नगर कमिटिका अध्यक्ष सानु कान्छा श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनलाई प्रमुख अतिथी तथा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक सञ्जय लामा, विशेष अतिथी तथा मुवाँथाइ नगर कमिटिका सल्लाहकार राजकृष्ण श्रेष्ठले सम्बोधन गरेका थिए । कार्यक्रममा निर्णायक, विभिन्न खेलकुदका प्रशिक्षक र खेलकुद समितिका पदाधिकारी, प्रतिनिधि तथा खेलाडीहरुको उपस्थिती रहेको थियो ।