आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

काठमाडौं ३ मा निर्वाचित प्रमाणपत्र हस्तान्तरण

गोकर्णेश्वर खबर१२ मंसिर २०७९, सोमबार १६:५५ मा प्रकाशित (१ साल अघि) २२ पाठक संख्या

१२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ बाट मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पत्र दिएको छ ।

आज गोकर्णेश्वर नगरपालिकाको हलमा भएको एक कार्यक्रममा निर्वाचन अधिकृत मन्दिरा शाहीले नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित सन्तोष चालिसे, प्रदेश सभा (१) सदस्यमा निर्वाचित छिरिङ दोर्जे लामा र प्रदेश सभा (२) सदस्यमा निर्वाचित विमल ठकुरीलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नव निर्वाचित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले जनताले दिएको जिम्बेवारी अनुसार क्षेत्रको विकासमा प्रतिबद्धताका साथ काम गर्ने बताए । उनले जनताले मत दिएकोमा कुनै पश्चाताप गर्न नपर्ने गरी क्षेत्रको विकासमा सबै निकायसँग सहकार्य गरी आम क्षेत्रवासीले महशुष गर्ने विकास गर्ने बताए ।

कार्यक्रममा नगरप्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो भनें निर्वाचन प्रक्रियामा सहयोग गर्ने गोकर्णेश्वर नगरपालिका, सुरक्षा निकायका अधिकारीहरु लगायत अन्य व्यक्तित्वहरुलाई अधिकृतको कार्यालयले प्रशंसा पत्र प्रदान गरेको थियो ।

निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई नगर प्रमुख दिपक रिसाल र उपप्रमुख सान्नानी लामाले माला लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।