आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

काठमाडौं ३ मा कांग्रेसको धन्यवाद ज्ञापन कार्यक्रम

गोकर्णेश्वर खबर१० मंसिर २०७९, शनिबार १२:५० मा प्रकाशित (१ साल अघि) ४७ पाठक संख्या

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेस काठमाडौ निर्वाचन क्षेत्र नम्बर ३ ले धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेको छ । काठमाडौ ३ ले आज धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गर्दै क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सांसदलाई बधाई सहित कांग्रेसलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको हो ।

यस क्षेत्रमा नेपाली काग्रेसका प्रतिनिधि सभामा सन्तोष चालिसे, प्रदेश सभा (१) मा छिरिङ दोर्जे लामा र प्रदेश सभा (२) मा बिमल ठकुरी निर्वाचित भएका छन् ।

कार्यक्रमलाई प्रतिनिधिसभा सांसद सन्तोष चालिसे, प्रदेश सभा (१) का निर्बाचित सांसद छिरिङ दोर्जे लामा, प्रदेश (२) का सांसद विमल ठकुरी, कांग्रेसका समानुपातिक उम्मेदवार गोविन्द पुडासैनी, क्षेत्रीय सचिव एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, प्रचार प्रसार संयोजक हरिबोल भण्डारी, काठमाडौ ३ प्रदेस (१) का सभापति श्रीराम चालिसे, नेपाल महिला संघ काठमाडौ सभापति विष्णुदेवी पुडासैनी, गोकर्णेश्वर नगर सभापति कुमार लामा लगायतले सम्बोधन गरेका थिए ।

नव निर्वाचित प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तोष चालिसेले क्षेत्रको विकास र समृद्धिको लागि जनमतको सम्मान गरेर अगाडी बढ्ने र जनपक्षिय कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताए ।

यसैगरी, अर्का निर्वाचित प्रदेश सभा सदस्य विमल ठकुरीले विगतका दिनहरुमा जस्तै जनताको पक्षमा आफूले काम गरिरहने र आफ्ना बुबा स्व.चक्रबहादुर ठकुरीबाट प्रेरणा लिएर क्षेत्र र प्रदेशवासीको पक्षमा, विकासको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।