आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

प्रहरी वृत्त बौद्ध अन्तर्गतका म्यादी प्रहरीको बिदाई

गोकर्णेश्वर खबर८ मंसिर २०७९, बिहीबार १९:२७ मा प्रकाशित (१ साल अघि) ५१ पाठक संख्या

८ मंसिर, काठमाडौं । प्रहरी वृत्त बौद्ध अन्तर्गत रहेका २३३ जवान म्यादी प्रहरीको आज एक कार्यक्रम आयोजना गरी बिदाई गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित ओसिस पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक दिनेशराज मैनाली र बौद्ध प्रहरी प्रमुख प्रनाउ हरिबहादुर बस्नेतले प्रमाणपत्र प्रदान गरी बिदाइ गरेका थिए ।

सरकारले शान्तिपूर्ण तवरबाट निर्वाचन सम्पन्न गराउन १ लाख १५ हजार म्यादी भर्ना लिएको थियो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि ४० दिनको सेवा अवधिसहित भर्ना लिइएका म्यादी प्रहरीको आजदेखि म्याद सकिएको हो ।