आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

काठमाडौं ३ मा कांग्रेसको भव्य विजय र्याली

गोकर्णेश्वर खबर७ मंसिर २०७९, बुधबार १५:३१ मा प्रकाशित (१ साल अघि) ३२ पाठक संख्या

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ मा आज नेपाली काङ्ग्रेसको विजय र्याली गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसका प्रतक्ष्यतर्फ सबै तीन जना उम्मेदवार निर्वाचित भए पछि मतदाताहरुलाई धन्यवाद दिन विजय र्याली गरिएको निर्वाचन प्रचार प्रसार संयोजक हरिबोल भण्डारीले जानकारी दिए ।

काठमाडौं क्षेत्र नं. ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा सन्तोष चालिसे, प्रदेश सभा (१) मा छिरिङ दोर्जे लामा र प्रदेश सभा(२) मा बिमल ठकुरी बिजयी भएका छन् । सन्तोष चालिसेले एमाले उम्मेदवार कृष्ण राइलाई पराजित गरेका हुन् भए छिरिङ दोर्जे लामाले एमाले उम्मेदवार चन्द्रमान लामा र बिमल ठकुरीले एमाले उम्मेदवार रामेश्वर फुयाललाई पराजित गरेका थिए ।

निर्वाचित तीनै जना उम्मेदवारहरु सहित भएको र्याली बिहान जोरपाटीबाट शुरु भई बौद्ध, चुच्चेपाटी, सरस्वतीनगर, महांकाल, तीनचुली, आरुबारी, आत्तरखेल, गोकर्ण, बालुवा, ढोखा, नाम्गेल, नयाँपाटी, सुन्दरीजल दोबाटो, आलापोट, गागलफेदी, भद्रवास हुँदै जोरपाटी नायारणटारमा आएर सम्पन्न भएको थियो ।

र्यालीमा सयौं कांग्रेसका कार्यकर्ता तथा शुभचिन्तकहरु उत्साहका साथ सहभागि भएका थिए ।