आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

काठमाडौं ३ बाट कांग्रेसका सन्तोष चालिसे निर्वाचित

गोकर्णेश्वर खबर६ मंसिर २०७९, मंगलवार २३:५५ मा प्रकाशित (१ साल अघि) १११ पाठक संख्या

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गर्दै चालिसे निर्वाचित भएका छन् ।

चालिसेले १५ हजार १५८ मत पाए भने एमालेका राईले ११ हजार १९६ मत पाए । राई २०७४ सालमा यसै क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत रहेका चालिसे नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का सभापति समेत हुन् ।

कसले कति मत पाए हेर्नुहोस् ।