आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

६ हजार ११२ मतसहित फराकिलो अग्रता बनाउँदै विमल ठकुरी

गोकर्णेश्वर खबर६ मंसिर २०७९, मंगलवार १८:३४ मा प्रकाशित (१ साल अघि) ४३० पाठक संख्या

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता विमल ठकुरीले मतान्तर फराकिलो पार्दै गईरहेका छन् । निवर्तमान वागमति प्रदेशसभा सदस्य तथा काठमाण्डौ क्षेत्र नं ३ (२) मा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयाल १ हजार ५६९ मतले कांग्रेसका उम्मेदवार ठकुरी भन्दा पछाडी परेका छन् ।

कांग्रेसका युवा नेता विमल ठकुरीले ६ हजार ११२ मत ल्याउँदा फुयालको ४ हजार ५४३ मत आएको छ ।

अहिले विमल ठकुरीले १ हजार ५६९ मतले अग्रता लिएका छन् । ठकुरी २०७४ सालको चुनावमा फुयालसँग ६७ मतले पराजित भएका थिए । अहिले ठकुरीले विजयका लागि मतान्तर बढाउँदै लगेका छन् ।

अहिलेसम्ममा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल सुनारले १ हजार ५३१ मत र माओवादी केन्द्रका उम्मेदवार महेश्वर फुयालले ७०४ मत पाएका छन् ।

काठमाडौं क्षेत्र नं. ३ प्रदेश (२) तर्फ १४ हजार १६० मत गणना हुँदा १३ हजार ७५० मत सदर भएको छ भनें ४१० म तबदर भएको छ ।