आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

सन्तोष चालिसेको मत १० हजार ६०१, कृष्ण राईको ८ हजार ३२

गोकर्णेश्वर खबर६ मंसिर २०७९, मंगलवार १८:०८ मा प्रकाशित (१ साल अघि) १७६ पाठक संख्या

६ मंसिर, काठमाडौं । काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले १० हजार ६०१ मत पाएका छन् । अहिले चालिसेले २ हजार ५६९ मतले अग्रता लिएका छन् ।

यसैगरी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्ण राईले ८ हजार ३२ मत पाएका छन् । मत गणना बढ्दै जाँदा निवर्तमान सांसद समेत रहेका राई विरुद्ध चालिसेको मतान्तर पनि बढ्दै गएको छ ।

यसैगरी, घण्टि चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापाले ४ हजार २१८ मत र राप्रपाका गणेश गिरीले १ हजार ८१४ मत पाएका छन् । पुतली चिन्हबाट चुनाव लडेका निरञ्जन पुडासैनीले ३१७ मत पाएका छन् ।