आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

काठमाडौं ३ प्रदेश ‘क’ मा छिरिङ दोर्जे लामा विजयी

गोकर्णेश्वर खबर६ मंसिर २०७९, मंगलवार ०४:१७ मा प्रकाशित (१ साल अघि) ५८ पाठक संख्या

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ प्रदेश ‘क’ बाट कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएका छन् । उनले ४ हजार ५५८ मत पाएर विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी चन्द्रमान लामाले ३ हजार ४१५ मत पाएका छन् । यसैगरी क्याप चिन्हका स्वतन्त्र उम्मेदवार दीपेन्द्र लामाले २ हजार ९३३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका चुण्डि लामाले २ हजार २७६ मत प्राप्त गरेका छन् ।

कांग्रेसबाट विजयी उम्मेदवार छिरिङ दोर्जे लामा निवर्तमान वागमति प्रदेशसभा सदस्य समेत हुन् ।