आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

काठमाडौं ३ प्रदेश (क) मा छिरिङ दोर्जे लामाको अग्रता 

गोकर्णेश्वर खबर५ मंसिर २०७९, सोमबार १३:२० मा प्रकाशित (१ साल अघि) ३५४ पाठक संख्या

५ मंसिर, काठमाडौं । काठमाण्डौ क्षेत्र नं ३ प्रदेश (क) तर्फ नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामाले शुरुवाति रुझानमा अग्रता लिएका हुन् ।

कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामाले ९५५ मत ल्याएका छन् भनें एमालेका चन्द्रमान लामाले ७९० मत ल्याएका छन् ।

३०९७ मत गणना हुँदा कांग्रेसका छिरिङ दोर्जे लामा एमालेका उम्मेदवार भन्दा १६५ मतले अगाडी छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार दीपेन्द्र लामाले ५७४ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चुण्डी लामाले ५२३ मत ल्याएका छन् । शुरुवाति रुझानमा कांग्रेसले राम्रो अग्रता लिएको छ ।