आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

बौद्ध महांकाल केन्द्रबाट रवि लामिछानेले गरे मतदान

गोकर्णेश्वर खबर४ मंसिर २०७९, आईतवार ११:१९ मा प्रकाशित (१ साल अघि) ३४ पाठक संख्या

४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले बौद्ध महांकालमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले काठमाडौं बौद्धको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन् ।

चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लामिछानेको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् ।

रविले प्रदेश सभा सदस्यको मतपत्रमा छाप लगाएनन् 

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका समाचार आएको छ ।

उनले आज बिहान काठमाडौं बौद्ध महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसाले तर प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएनन् ।