आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

लोसपाले प्रतिनिधिसभाका ८ सिट पाउने सहमति, कांग्रेसको भागमा ९० सिट

गोकर्णेश्वर खबर२२ आश्विन २०७९, शनिबार २१:४३ मा प्रकाशित (१ साल अघि) १६३ पाठक संख्या

२२ असोज, काठमाडौं । आसन्न मंसिर ४ को चुनावका लागि सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधिसभाका ८ र प्रदेशसभातर्फ १६ सिट पाउने भएको छ ।

शनिबार बिहानदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेपाली कांग्रेस र लोसपाका नेताहरुबीचको छलफलले लोसपाले प्रतिनिधिसभाका ८ सिट र प्रदेशसभाका १६ सिट लिने गरी सहमति जुटाएको हो ।

लोसपाले कुन–कुन क्षेत्र लिने भनेर अझै छलफल जारी रहेको लोसपाका नेताले बताएका छन् । गठबन्धनमा लोसपासहित कांग्रेसले प्रतिनिधिसभाका ९८ सिट पाएको थियो । लोसपालाई ८ सिटमा मनाएपछि कांग्रेसको भागमा ९० सिट परेको छ ।

गठबन्धनमा नेकपा माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले १९ र राष्ट्रिय जनमोर्चाले २ सिट लिएर सहमति भइसकेको छ ।