आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

गोकर्णेश्वर ८ मा शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन विषयमा छलफल 

गोकर्णेश्वर खबर५ आश्विन २०७९, बुधबार ०९:३१ मा प्रकाशित (१ साल अघि) १५२ पाठक संख्या

४ असोज, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ले वडा क्षेत्रमा शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन विषयक कार्यक्रम राखेको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै वडामा हुनसक्ने सम्भावित चोरी, डकैती, लूटपाट जस्ता घटना घट्न नदिन तथा दुर्घटना न्यूनिकरण गर्नका लागि सरोकारवालासँग छलफल कार्यक्रम गरेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धका डी.एस.पी. हरि बहादुर बस्नेतले समुदायमा चाडपर्वमा देखिने समस्याहरु समाधान गर्न प्रहरीले विशेष सुरक्षा योजनाका साथ काम गर्ने र अभियान सफल बनाउन समुदायबाटै सहयोग अपेक्षित रहेको बताए ।

गोनपा ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठले वडामा अपराध हुन नदिन र सडक दुर्घटना न्यूनिकरण गर्न प्रहरी प्रशासनलाई सक्दो सहयोग गर्ने बताए । उनले सि.सि.टि.भि.जडानका प्रक्रिया तथा सडकमा अस्तव्यस्त रहेका तारहरु व्यवस्थापनका लागि पहल भइरहेको समेत बताए ।

वडा कार्यालयले आज सामाजिक अपराध न्युनिकरण गर्न टोल सुधार समितिका प्रमुख, महिला समूहका प्रमुख तथा अन्य सरोकारवालाहरुसँग छलफल कार्यक्रम राखेको हो । छलफल कार्यक्रममा वडा सदस्यहरु सुमन लामा, चन्द्रलाल श्रेष्ठ, सीता तिमल्सिना, सोविता मिजार, वडा सचिव सुदीप हमाल तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

(तस्विर : कृष्ण नन्दन साह)