आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

शिवम सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न 

गोकर्णेश्वर खबर४ आश्विन २०७९, मंगलवार २१:०८ मा प्रकाशित (१ साल अघि) २२२ पाठक संख्या

४ असोज, काठमाडौं । शिवम वचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शिवम् साकोसका अध्यक्ष नवराज राउतको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

बार्षिक साधारण सभालाई शुभकामना मन्तव्य राख्दै मेयर रिसालले सामाजको आर्थिक प्रणालीमा सहकारीको भूमिका महत्वपूर्ण देखिएको बताएका छन् । उनले यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न स्थानीय निकायको भूमिका प्रभावकारी हुनु पर्ने बताए ।

चावहिलमा मुख्य कार्यालय रहेको शिवम वचत तथा ऋण सहकारी संस्थाले साधारण सभाको अवसरमा जेष्ठ सदस्य, नियमित बचतकर्ता, उत्कृट माहला समुह, पूर्व कर्मचारी उत्कृट सेवा केन्द्र र उत्कृट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण सुवेदी र कास्कुनका सचिव शालिकराम पुडासैनीले शुभकामना मन्तव्य राखेका थिए । वडा नं. ९ का वडा अध्यक्ष राजिव थापा लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।