आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

गायक सुनिल मोक्तानको नयाँ फापरे गीत ‘सैलुङ जात्थर’ सार्वजनिक 

गोकर्णेश्वर खबर३ आश्विन २०७९, सोमबार २१:५२ मा प्रकाशित (१ साल अघि) २०५ पाठक संख्या

३ असोज, काठमाडौं । गायक सुनिल मोक्तानको नयाँ फापरे गीत ‘सैलुङ जात्थर’ सार्वजनिक भएको छ । ताम्बा फापरे गायक मोक्तानले सोमबार संविधान दिवसको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरेका छन् ।

ताम्बा सङ्घ नेपालका केन्द्रीय सदस्य समेत रहेका मोक्तानले गीतको अडियो एक वर्षअघि सार्वजनिक गरेका थिए । गीतले मेलामा मायाप्रीति गाँस्ने भावनालाई बोकेको छ ।

गीतमा शब्द स्वर सुनिल मोक्तान (बुद्धिमान)को र स्वर गायिका इन्दिरा गोलेको रहेको छ । जनै पूर्णिमामा सैलुङ मेलामा छायाङ्कन गरिएको भिडियोमा गायक सुनिल‚ चन्द्रमान मोक्तान‚ बाबुलाल मोक्तान‚ साङलाल घिसिङ‚ रामकुमार योन्जन‚ इन्दिरा घिसिङ‚ स्मृति घिसिङ‚ सुष्मा तामाङ आदीले अभिनय गरेका छन् ।

गीतको सङ्गीत संयोजन तथा सङ्गीत विशाल योन्जनले गरेका छन् । भिडियो निर्माणका लागि निर्माण व्यवसायी साङलाल घिसिङले सहयोग गरेका थिए । त्यस्तै भिडियोको निर्देशन विशाल योन्जनले गरेका छन् भनें छायाङ्कन एवं ड्रोन गोपाल मगर र सम्पादन रोनित विशुङ्खेले गरेका छन् ।