आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वर नगरपालिकामा अनुमतिबिना डोजर र एक्स्काभेटर प्रयोग गर्न रोक

गोकर्णेश्वर खबर१५ भाद्र २०७९, बुधबार १९:०१ मा प्रकाशित (१ साल अघि) ५१९ पाठक संख्या

१५ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले एक सूचना जारी गरी अनुमतिबिना डोजर र एक्स्काभेटर प्रयोग गर्न रोक लगाएको जनाएको छ । आज नगरपालिकाले आफ्नो पालिका क्षेत्रमा अनुमतिबिना डोजर र एक्स्काभेटर प्रयोग गर्न रोक लगाएको सूचना जारी गरेको छ ।

नगर प्रमुख दीपक रिसालको हस्ताक्षरमा जारी गरिएको सूचनामा जग्गा मिलाउने नाममा होस् या जग्गा प्लटिङ गर्ने उद्देश्य सहित प्रयोग हुने यस्ता मेसिनहरूले पहिरो जाने सम्भावना उच्च हुने, सँधियारको जग्गा र भवन तथा पर्खाल लगायतका भौतिक संरचनामा क्षति पुग्ने लगायतका गुनासो वडा तथा पालिकामा बढी आउन थालेकोले यस्ता मेसिनहरू अनुमतिबिना प्रयोग गर्न रोक लगाइएको जनाईएको छ ।

मेसिनहरू प्रयोग गर्न परेमा सम्बन्धित वडाध्यक्ष वा नगरप्रमुखको अनुमतिबिना प्रयोग नगर्न अनुरोध गर्दै पूर्व स्वीकृति बिना कतै कसैले प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

जारी सूचनामा भनिएको छ – ‘यस गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्रका कतिपय स्थानहरुमा कतिपय व्यक्तिहरुले जथाभावी जेसिवि र एक्साभेटर र डोजर लगायत मेसिन संचालन गरी जमिन सम्याउने, मिलाउने काम गर्नाले पहिरो जाने, सँधियारको जग्गा र भवन, पर्खाल लगायतका संरचनामा क्षति पुगेको देखिएको र यस सम्बन्धमा व्यापक गुनासो आएको हुँदा व्यक्तिगत लगायतका जग्गा वा सार्वजनिक लगायत कुनै पनि स्थानमा जेसिवि रएक्साभेटर र डोजर लगायत मेसिन संचालन गरी जमिन सम्याउने मिलाउने लगायतको काम गर्नुपर्ने भएमा अनिवार्य रुपमा यस नगरपालिकाका नगर प्रमुख वा सम्बन्धित वडाको वडाध्यक्षको अनिवार्य रुपमा अनुमति लिनुपर्ने र यसरी अनुमति नलिई कोही कसैले कुनै पनि स्थानमा जेसिवि र एक्साभेटर र डोजर लगायत मेसिन संचालन गरेको पाइएमा यसरी संचालन गर्ने बिरुद्धमा प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

गोकर्णेश्वर नगरपालिकाले जारी गरेको सूचना हेनुहोस् ।