आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एसईईको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा

गोकर्णेश्वर खबर११ श्रावण २०७९, बुधबार १७:२० मा प्रकाशित (१ साल अघि) २८६ पाठक संख्या

काठमाडौं, साउन ११ गते। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक गरेको छ।यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि चार ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ।

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी थिए ।

यसरी थाहा पाउनुस् नतिजा

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सक्ने छन्। परीक्षा नियन्त्रण कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको हो। एसएमएसका लागि सर्टकोड ३५००१, ३४९४९, ३१००३ र १६०० छन् रहेका छन्।

नतिजा हेर्नुहोस्

www.see.gov.np

www.neb.gov.np

www.khalti.com

www.neemaacademy.com

www.ekantipur.com

www.theconnectplus.com

www.see.edusanjal.com

www.see.ntc.net.np

www.admissionnepal.com