आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

ललितपुरको ग्वार्काेमा बसले ट्याक्सीलाई थिच्यो

गोकर्णेश्वर खबर११ श्रावण २०७९, बुधबार १३:५६ मा प्रकाशित (१ साल अघि) ३४५ पाठक संख्या

ललितपुरको ग्वार्कोमा बसले ट्याक्सीलाई किचेको छ ।

बुधबार बिहान बा.३ ख ४४४० नम्बरको बसले बा।२ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको हो । बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् ।

बस ५० वर्षीय नकलबहादुर महर्जनले चलाएका थिए । बसमा यात्रु थिएनन् । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।