आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

काभ्रेपलाञ्चोक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

गोकर्णेश्वर खबर११ श्रावण २०७९, बुधबार १३:३१ मा प्रकाशित (१ साल अघि) २७० पाठक संख्या

काभ्रेपलाञ्चोक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

११ साउन, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामा रहेका छन्

अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना८ख ८०८७ नंको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा६७प २८९२ नंको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय एण्डी लामा घाइते भएको प्रहरीले जनाएको छ ।