आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

लागू औषध दुर्व्यसन विरुद्ध सामूहिक प्रयासमा जोड

गोकर्णेश्वर खबर६ श्रावण २०७९, शुक्रबार २१:५१ मा प्रकाशित (१ साल अघि) ४३७ पाठक संख्या

६ साउन, काठमाडौं । लागू पदार्थ दुर्व्यसन विरुद्ध सामुहिक प्रयासको खाँचो रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखा तथा सेलिब्रेशन को–एडको संयुक्त आयोजनामा बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा सो जोड दिईएको हो ।

कार्यक्रममा वक्ताहरुले आध्यात्मिक र सामाजिक चिन्तनमा भएका बेवास्ताका कारण समाजमा अनुशासनहिनता बढेको र नयाँ पुस्तामा बिचलन शुरु भएको बताए । अब ढिला नगरी लागू औषध दुर्व्यसन अन्त्यका लागि सामाजिक स्तरबाट प्रभावकारी अभियानको खाँचो  रहेकोमा जोड दिए ।

सो अवसरमा पूर्व राज्यमन्त्री मोहन सिंह राठौरले राजधानीमात्र होईन गाउँ-गाउँ लागू औषध दुर्व्यसनीको अखडा बन्दै गएको तर्फ चिन्ता ब्यक्त गरे । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले सांस्कृतिक पर्वमा विचलन आएकोले ठिक र बेठिक छुटयाउन नसकेकै कारण लागू औषधको दुर्व्यसन जस्तो कुलतमा युवा पुस्ताको आकर्षण बढेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले लागू औषध दुर्व्यसनीको संख्या डँढेलो जस्तै फैलिंदै गरेको बर्तमान परिबेशमा अब घर घरबाट लागू औषध दुर्व्यसन बिरुद्ध चेतना फैलाउनु पर्ने बताए ।

शान्ति समाजका पूर्वा सभापति उत्तम पुडासैनीले लागू औषध दुर्व्यसन अन्त्यका लागि सामूहिक प्रयास सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका कार्यक्रममा शान्ति समाका केन्द्रिय महासचिव रामकृष्ण बराल, नेपाल किसान संघका केन्द्रिय सदस्य जिवन्ती अर्याल, गान्धी आदर्श मा.वि. संचालक समितिका अध्यक्ष डा. गणेशराज अधिकारी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ का अध्यक्ष हरिभक्त पुडासैनी, वडा नं. ६ का अध्यक्ष प्रकाश फुँयाल, तेज बिनायक मा.वि. संचालक समितिका अध्यक्ष विदुर ढुंगाना, नेप्लिज कम्युनिटी एशोशियसन अष्टे«लियाका अध्यक्ष मधुसुदन पुडासैनी, प्याब्सन गोकर्णेश्वरका अध्यक्ष डि. एन. सिवाकोटी, लिबर्टी एकेडेमीका प्रिन्सपल ओम प्रसाद ढकाल लगायतका बक्ताहरुले लागू औषध दुर्व्यसन विरुद्ध सामूहिक प्रयासको खाँचोमाथी चर्चा गरेका थिए । शान्ति समाज काठमाडौं शाखाका सभापति भगवान पुडासैनीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सेलिब्रेशन को–एडका संस्थापक आचार्य महेन्द्र भट्टराईले लागू औषध दुर्व्यसन विरुद्ध विशेष प्रस्तुती दिएका थिए ।