आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले पारित

गोकर्णेश्वर खबर६ श्रावण २०७९, शुक्रबार २०:५४ मा प्रकाशित (१ साल अघि) ३०४ पाठक संख्या

६ साउन, काठमाडौ. । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संशोधनसहित बहुमतले पारित भएको छ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यस लगत्तै सभामुख अग्निप्रसाद साकोटाले नागरिकता विधेयकलाई निर्णायार्थ प्रस्तुत गरेका थिए ।

निर्णायार्थ प्रस्तुत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको घोषणा सभामुख सापकोटाले गर्नुभएको हो।

यसअघि गृहमन्त्री खाणले शुक्रबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।