आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

‘गोकर्णेश्वरले सेवामुलक कार्यमा लायन्स क्लबसँग सहकार्य गर्छ’ : मेयर रिसाल

गोकर्णेश्वर खबर५ श्रावण २०७९, बिहीबार १३:२९ मा प्रकाशित (१ साल अघि) १९९ पाठक संख्या

५ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नगरपालिकाले विभिन्न सेवामुलक कार्यमा लायन्स क्लबसँग सहकार्य गर्ने बताएका छन् ।

आज लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ‘डी’ को संयोजनमा कोभिड १९ को महामारिमा दिवंगत भएका संसारभरिका लायन सदस्यहरुको सम्झनामा चीर आत्म शान्तिको कामना गर्दै आज गोकर्णेश्वर ९ जगडोलमा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रिसालले गोकर्णेश्वर नगरपालिकाले विभिन्न सेवामुलक कार्यहरुमा लायन्ससँग सहकार्य गर्ने बताएका हुन् ।

मेयर रिसालले ब्लड बैंक बनाउने, वृक्षारोपण गर्ने जस्ता कार्यमा लायन्स क्लबसँग सहकार्य गर्ने र त्यसका लागि नगरपालिकाको बजेटमा रकम छुट्याईएको जानकारी दिए । लायन्स क्लबसँग मिलेर रक्तदान कार्यक्रमलाई नगरपालिकामा सञ्चालन गर्न सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, उपमेयर सान्नानी लामा, डिस्ट्रिक ३२५ ‘डी’ का डिस्ट्रिक गर्भनर विष्णु भाई श्रेष्ठ, इन्टरनेशनल डाईरेक्टर बालकृष्ण बुर्लाकोटी, जीएटी एरिया लिडर खगेन्द्र सिटौला, एमसीसी लायन केशव पाण्डे, राष्ट्रिय शहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, लायन लिडरहरु सिद्धार्थलाल चुके, अमर बहादुर श्रेष्ठ, कुमारराज सुवेदी, सुरेन्द्र प्रकाश बलाय, जन विश्वकर्मा, उत्तमराज कायस्थ, राजन थापा, आर एस महतो, रमेश रिजाल, दल बहादुर अर्याल, वीरेन्द्र श्रेष्ठ, सरोज धिताल, जयराम विष्ट, ठाकुर प्रसाद तिवारी, श्रीधर भण्डारी लगायतका लायन्स लिडरहरु तथा उल्लेख्य संख्यामा लायन्सहरुको उपस्थितीमा वृक्षारोपण गरिएको थियो ।

आज जगडोल पार्कमा २० र जगडोल बनमा ५ गरी २५ वठा फलफुलका विरुवा रोपिएको छ । कार्यक्रम डिस्ट्रिक ३२५ डी का इन्भाईरोमेण्ट चिफ मधुसुदन सिग्देलको संयोजकत्वमा भएको थियो ।