आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

गोकर्णेश्वर खबर४ श्रावण २०७९, बुधबार १३:४२ मा प्रकाशित (१ साल अघि) ४०९ पाठक संख्या

४ साउन, काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आर्थिक संकटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि बुधबार संसद्‍मा मतदान भएको हो ।

विक्रमासिंघले आफ्नै दलका दलस दलस अलापेरुमालाई पराजित गरेका हुन् । कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् । दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरेका छन् ।

यसअघि तत्कालीन राष्ट्रपति राजापाक्षले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवहाक राष्ट्रपति बनाइएको थियो । नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ । गोटाबायाको बाँकी रहेको कार्यकाल नै नयाँ राष्ट्रपतिको कार्यकाल हुनेछ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २२५ सांसद रहेको श्रीलंकाली संसद्को ५० प्रतिशत अर्थात ११३ सांसदको समर्थन आवश्यक हुन्छ ।

श्रीलंकामा विरोध प्रदर्शन बढ्दै गएपछि राजापाक्षले विक्रमासिंघेलाई प्रधानमन्त्री बनाएका थिए । यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री भएका थिए।