आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

आज देशभर मनसुन सक्रिय, मध्यम वर्षा हुने

गोकर्णेश्वर खबर४ श्रावण २०७९, बुधबार ०९:५८ मा प्रकाशित (१ साल अघि) २२७ पाठक संख्या

४ साउन, काठमाडौं । मंगलबार देखि थप सक्रिय बनेको मनसुनी प्रणाली बुधबार देखि थप देशैभर सक्रिय बनेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पश्चिमी भू–भागमा सरदरको आसपास अवस्थित रहेको छ । देशका केही स्थानहमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज (बुधबार) देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर पश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।