आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौं क्षेत्र नं. ३ मा मेरो उम्मेदद्वारी किन ?

गोकर्णेश्वर खबर३ श्रावण २०७९, मंगलवार ०९:०२ मा प्रकाशित (१ साल अघि) १६५८ पाठक संख्या

निरञ्जन पुडासैनी : 

मुलुकमा अहिलेसम्म प्रयोग भैरहेको राज्य व्यवस्थापन नीतिमा व्यापक कमजोरी रहेको ठहर जनचाहना अनुसार विकास हुन नसकेकोबाट बुझ्न सकिन्छ । विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले संसदमा प्रतिनिधित्व गर्छन् तर विडम्बना दशकौं देखि किसानले समयमा मल पनि नपाउने अवस्था छ यो देशमा । विगत देखि वर्तमान सम्मको सम्पूर्ण आर्थिक, सामाजीक तथा राजनैतीक परिपाटीको यदी समिक्षा गर्ने हो भने सहज जनजिविका र सामाजिक न्यायको अवस्था कहालिलाग्दो छ ।

राष्ट्रिय मुद्दाको सम्वन्धमा हेर्दा सिमा विवादमा ढुलमुले विचार हावी देखिन्छ । नागरिकता जस्तो संवेदनशील मुद्दामा पनि विधेयकमा हेलचक्रयाइ भईरहेको छ । देशमा राजनैतिक अस्थिरता बढीरहेको छ । सरकार परिवर्तनको फोहोरी खेल हुँदै आईरहेको छ । देशको शिक्षा विकासका लागि अपरिपक्व कानून बाधक देखिन्छ । कृषि सम्बन्ध निीति नियम तथा कृषि जन्य वस्तुको बजारीकरणमा सरकार असक्षम भईसकेको छ ।
स्वास्थ्य क्षेत्रमा हेर्ने हो भनें राज्यले नागरिकको स्वास्थ्यको जिम्बेवारी लिन सकेको छैन । नागरिकको पक्षमा लिन खोजिएका निर्णय पनि अपूर्ण र अपरिपक्क देखिएका छन् । सामाजीक न्याय माथि खेलवाड भएको देखिन्छ ।

सरकार, सांसद तथा दलका कार्यकर्ता कानुन मिच्ने एजेण्ट बनेका छन् । अर्थ व्यवस्था परिचालनमा दलिय प्रभाव हावी छ । राष्ट्रिय स्तरक मुद्दा माथी गैर जिम्बेवार रुपमा आरोप-प्रत्यारोप मार्फत समाजलाई भुलभुलैयामा राखि राख्ने प्रयास भईरहेका छन् । रास्ट्रिय सुकुमवासी आयोग बनाइयो तर व्यवहारमा लागु भएन । 

आज हाम्रो देश विग्रनु पछाडीको मुख्य कारण दलको नाममा मुठ्ठी भरका नेताको स्वार्थ हावी हुनु हो । माथी उल्लेखित केही उदाहरणलाई मात्र हेर्ने हो भनें पनि देशको समग्र पक्षलाई संसदबाट सुधार गर्न संसदमा स्वतन्त्र सांसदको उपस्थिती आजको समयको माग हो र उनीहरुको सार्थक उपस्थिती अपरिहार्य भईसकेको छ ।

देश र जनताको पक्षमा विकास गर्न, स्थानीय क्षेत्रको दीगो विकास सुनिश्चितता गर्न सामाजिक न्याय देखि ढल, बत्ति, पानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत विकासका आधारहरुलाई व्यवस्थापन गर्न पनि अहिलेको दलिय व्यवस्थाका प्रतिनिधि फेल भएका देखिन्छन् । पिचबाटो ६ महिना नटिक्ने गरी राजनीतिक भ्रष्टाचारी सोच भएकाले गर्ने भ्रष्ट विकास देखिन्छ ।

व्यवस्थित विकासको मोडेल अनुसार ढल बन्दैन वा समस्या समाधान हुँदैन किनकी सबै इन्जिनियरङ्ग फेल छ । तर सही रिसर्च गरी, प्रयोग नीति लिएर गर्न सकिन्छ । अलि समय चाही लाग्छ । त्यस तर्फ दलीय नेता कार्यकर्ताको सोच नै विकास भएन । उनीहरुको मनलाग्दी रोक्न, विकासमा भ्रष्टाचार गर्ने लाई कारवाही गर्न पनि स्वतन्त्र उम्मेदवारलाई संसदमा पठाउनुको विकल्प जनतासँग छैन ।

बस्ति विकासका सोचबारे : काठमाडौंको शहरीकरणले यो च्याप्टर समाप्त गरिसकेको छ । किनकी साना बस्ति ठूला भैसकेका छन् । काठमाडौंका गाउँहरु सहरमा लगभग शहरमा परिणत भैसकेका छन् । सशरीकरणले छोपेको सिमित अर्धशहरी क्षेत्र र शहरी क्षेत्रको दीर्घकालिन सोच विनाको विकासले काठमाडौं क्षेत्र नं. ३ कै मातिल्ला भेगमा विकासले एकातिर सुविधा दिने अर्को तिर समस्या पनि बढाईरहेको देखिन्छ । त्यसको पनि सहि व्यवस्थापन आवस्यक छ । शहरको व्यवस्थित विकासका लागि अण्डर ग्राउण्ड सिस्टमबाट ढल, पानि, बिजुली तथा अन्य पूर्वाधारको विकासमा काम गर्न आवश्यक छ । अव्यस्थित विकासले शहरले एकातिर शहर कुरुप बनाएको छ अर्कोतिर विकास गर्नेको टालटुले मानसिकताको उजागर गरेको छ ।

पानी :  दलिय सिन्डिकेट हटाएर सम्पूर्ण अधिकार खानेपानी बोर्डमा ल्याई आवश्यकताको सिद्धान्त अनुसार वितरण गर्ने प्रणाली बनाउनै पर्छ । अब उपभोक्ता भन्ने शब्दलाई सदा सदाको लागी हटाइ विकासका लागि, विकासको सदुपयोगका लागि हामी एक समाज भन्ने सोचको उदय गर्नु आवश्यक छ ।

व्यक्तिगत सम्पतिको रक्षा :  यहाँ निर्वाचित जनप्रतिनिधि नै लोभी देखिए । जसको असरले समाजमा अरुको डाहा गर्ने र खराव मात्र सौच्ने प्रवृत्ति फैलियो । यसको कारण हो सांसदको गैर राजनीतिक भुमिका र जनताको सम्मान नगर्ने सामन्ती सोच । एउटा सांसदलें समग्र क्षेत्र भित्र सँधैं ध्यान दिएर भए जती सबै न्यायिक मुद्दा समाधान गर्ने हो भने क्षेत्रको विकास सहज हुन्छ । त्यसो हुन सांसद योग्य र इमान्दार हुनु पर्यो ।

वागमती माथि वास्तविक न्याय गर्न पनि स्वतन्त्र सांसद चाहिन्छ । दलिय प्रतिनिधी यहाँ असक्षम भै सक्यो । मेरो ३० वर्षको अनुभव अनुसार वागमति पिडितको समस्या समाधान नहुनु आजसम्मका यहाका सबै पार्टी प्रतिनिधी दोषी हुनु हो । स्वतन्त्र सांसदको रुपमा मैले जनताको विश्वास प्राप्त गरे १ वर्ष भित्र वागमति सभा गर्नेछु । वागमति समस्या समाधान भएन भने बागमती हुने सबै वडा, अन्य सरकारी निकाय सबैले दुःख पाउँछन् । यो ग्यारेण्टी छ । जनताको न्यायको लडाईले सबैलाई तह लगाउने छ भन्नेमा म विश्वस्त छु ।

शान्ति सुरक्षा : नागरीकले म सुरक्षीत छु भनेर सोच्न पहिला यहाँको नेतासँग अपराधी डराउनु पर्छ । यस्तो कानुनको अभ्यास गर्ने जसको सबैले स्वागत गरुन् । तर राजनीतिमा हुने अपराधिकरणले अपराधिको हौसला बढाएको छ । राजनीति र अपराधको साँठगाँठलाई सदाको लागि हटाउन कानून र विधिको शासन चाहिन्छ त्यसका लागि अब स्वतन्त्र सांसदले नै भूमिका खेल्न आवश्यक छ ।

स्थानीय उत्पादन : घरमा बनाउने, किसानले उब्जाउने, बनाउने हरेक चिजको बजारीकरण गर्न आवश्यक छ । काठमाडौं क्षेत्र नं. ३ का स्थानीय उत्पादनलाई स्थानीय ब्राण्ड बनाएर बजार प्रवद्धर्न गर्ने नीति ल्याएर काम गर्न आवश्यक छ । चाहे त्यो स्थानीय मदिरा नै किन नहोस् । जहाँ किसानको श्रम लागेको हुन्छ त्यस्ता उत्पादनले यथोचित मुल्य पाउनु पर्छ भन्ने मान्यता बोकेर मैले स्वतन्त्र उम्मेदवारी दिदैछु ।

नेपालमा अहिले भएको विकास कार्य र विकास नीतिमा धेरै कमजोरी छ । त्यसलाई सच्चाउन आवश्यक छ तर त्यस्ता कमजोरी सच्चाउनुको साटो त्यसको संरक्षण गरेर खाने प्रवृत्ति दलीय व्यवस्थामा हावी भएको तथ्य कसैबाट छुपेको छैन । यो गलत राजनीतिक सोच र संस्कारलाई हटाउन पनि अब स्वतन्त्र उम्मेदवारलाई आम नागरिकले सहयोग गर्नु आवश्यक छ । जनचाहना अनुसारको विकासको सोच, योजना र नीति ल्याएर काठमाडौं क्षेत्र नं. ३ को समुचित विकास गर्ने योजनाका साथ मैले स्तन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेको छु । मेरो घोषणा र उम्मेदवारीलाई आम मतदाताले अनुमोदन गर्नु हुनेछ भन्ने दृढ विश्वास बोकेर निरन्तर अगाडि बढिरहेको छु । (३ साउन, काठमाडौं)