आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

जापानमा नेपाल फेस्टिबलको भव्य तयारी, २२ तारिखमा पत्रकार सम्मेलन हुने

गोकर्णेश्वर खबर२ श्रावण २०७९, सोमबार २२:१७ मा प्रकाशित (१ साल अघि) २१६ पाठक संख्या

२ साउन, काठमाडौं । जापानमा नेपाल फेस्टिबल आयोजना हुने भएको छ । राजधानी टोकियोमा जुलाई ३० र ३१ तारिखमा हुने नेपाल फेस्टिवल २०२२ को तयारी लगायतका जानकारी दिने उद्देश्यले आउँदो २२ तारिखमा बृहत पत्रकार सम्मेलन हुने भएको छ ।

जापानमा हुन गईरहेको १२ औं नेपाल फेस्टिबलमा नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरूसँगै नेपालको समग्र परिचय गराउने तथा दुई देशबीच कला र सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले यस मेलाको आयोजना हुँदै आएको छ । फेस्टिबल एनआरएनए जापानको आयोजनामा नाकानो सिकिनो मोरी पार्कमा हुने भएको छ ।

नेपाल फेस्टिबलमा उल्लेख्य संख्यामा नेपालीहरुको सहभागिता हुँदै आएको छ । यसले नेपालीहरुको बीचमा अझ धेरै आत्मियता बढाउन सहयोग गर्ने आयोजकले बताएका छन् ।