आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

भोली देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्ध दोस्रो मात्रा खोप

गोकर्णेश्वर खबर१ श्रावण २०७९, आईतवार १८:५३ मा प्रकाशित (१ साल अघि) ३२८ पाठक संख्या

१ साउन, काठमाडौं ।भोली सोमबारदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकाले कोभिड–१९ (कोरोना) विरुद्धको खोपको दोस्रो मात्रा लगाउन पाउने भएका छन् । पहिलो मात्रा फाइजर खोप लगाइसकेका २७ जिल्लाका बालबालिकाले दोस्रो मात्रा लगाउन पाउने भएका हुन् ।

बालबालिकालाई दोस्रो मात्रा खोप भोलिदेखि नजिकैको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट खोप दिइने मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्यरुपमा बोकेर जान मन्त्रालयले आग्रह गरेको छ ।

दोस्रो मात्रा खोप काठमाडौं, ललितपुर, भक्तपुर, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर डडेलधुरा, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, झापा, मोरङ, इलाम जिल्लाका बालबालिकाले पाउनेछन् ।