आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

माकलबारीमा मोटरेबल पुल निर्माणमा सहयोग गर्न मेयर दीपक रिसालको आग्रह

गोकर्णेश्वर खबर३२ असार २०७९, शनिबार १७:११ मा प्रकाशित (१ साल अघि) ४९० पाठक संख्या

३२ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले स्थानीय जनताले विकास निर्माणमा जनप्रतिनिधिलाई साथ दिए मात्र दीगो विकास समयमै हुन सक्ने बताएका छन् ।

आज सरस्वती माकलवारी सेवा संघ नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रिसालले माकलबारी सानो पुल नजिक बन्न लागेको मोटरेबल पुल कुन ठाउँमा बनाउने भन्ने विषयमा स्थानीयको विवादले पुल बन्न नसेकेकोमा दुःख व्यक्त गरे ।

माकलबारीमा पुल आवश्यक रहे पनि स्थानीयले नै विवाद गरेका कारण पुल बन्न नसकेकोमा दुःख व्यक्त गर्दै उनले पुल बनाउने कार्यमा सहयोग गर्न हात जोडर अनुरोध समेत गरे ।

मेयर रिसालले पुल नहँदाको स्थानीय क्षेत्रका वासिन्दाको दुःख बुझेर मोटरेबल पुल निर्माण कार्य छिटो शुरु गर्न आवश्यक सहयोग गर्न सरोकारवालालाई अनुरोध गरे ।

रिसालले पुल निर्माणका लागि केही मिटर तल माथी भयो भनेर विवाद गरेर निर्माण कार्य हुन नदिनु भन्दा पुल गुणस्तरीय र बलियो होस् भन्ने चाहनाले सबैले सहयोग गर्नु पर्नेमा जोड दिए । उनले सानो पुल क्षेत्रमा मोटरेबल पुल नहुँदा स्थानीयलाई परेको समस्या बुझेर सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।