आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

‘नेपाल–भारतबीचको सन् १९५० को सन्धि पुनरावलोकन गर्न आवश्यक’ : प्रचण्ड

गोकर्णेश्वर खबर३२ असार २०७९, शनिबार १६:४३ मा प्रकाशित (१ साल अघि) १६७ पाठक संख्या

३२ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् । भारतमा फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

भारत भ्रमणमा रहेका प्रचण्डले कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्या समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने बताए । उनले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरेका थिए ।

शनिबार नै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।