आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चरम अनियमितता भएको एमालेको आरोप

गोकर्णेश्वर खबर३१ असार २०७९, शुक्रबार १६:२५ मा प्रकाशित (१ साल अघि) २२६ पाठक संख्या

३१ असार, काठमाडौं । नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चरम अनियमितता र सत्ताको दुरुपयोग भएको जनाएको छ । शुक्रबार नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयमा आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर भएको बताएका हुन् ।

भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ – आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर गर्नु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चरम अनियमितता र सत्ताको दुरुपयोग हो ।

वित्तीय अनुशासन र खर्च प्रणालीका हिसाबले गम्भीर आर्थिक अपचलन र पदीय दुरुपयोग भएको भट्टराईको आरोप छ । यस सवालमा अख्तियार तथा महालेखा परीक्षक कार्यालयको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उनले बताएका छन् ।