आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

रिटर्नी फेडेरेसन नेपालको काठमाडौं भेला साउन ७ गते हुने 

गोकर्णेश्वर खबर३१ असार २०७९, शुक्रबार ०९:२६ मा प्रकाशित (१ साल अघि) ४९४ पाठक संख्या

३१ असार, काठमाडौं । रिटर्नी फेडेरेसन नेपालको प्रथम काठमाडौं जिल्ला भेला हुने भएको छ ।

भेला साउन ७ गते सिंहदरबार अगाडि रहेको स्काई दरबार क्याफेमा हुनेछ । कार्यक्रम बिहान ११ वजेबाट शुरु हुने आयोजकले जानकारि दिएका छन् ।

रिटर्नीको ज्ञान, सीप, पूँजी र जाँगर, समृद्ध नेपाल निर्माणको आधार भन्ने उदेश्यका साथ स्थापना भएको संस्थाले सामाजिक विकास मार्फत देश विकास गर्ने उदेश्य बोकेको छ ।