आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

भाजपाको कार्यक्रममा भाग लिन प्रचण्ड आज भारत जाँदै

गोकर्णेश्वर खबर३१ असार २०७९, शुक्रबार ०८:४१ मा प्रकाशित (१ साल अघि) २११ पाठक संख्या

३१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड दिल्ली जान लागेका हुन् ।

भाजपाद्वारा शनिबार आयोजना हुने ‘नेपाल–भारत सम्बन्धका विभिन्न आयाम’ विषयक कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रचण्डले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । अध्यक्ष प्रचण्ड दुई दिन भारतमा रहने मल्लले जानकारी दिए । भारतीय राजदूत नवीन श्रीवास्तवले केही दिनअघि प्रचण्डलाई भाजपा अध्यक्ष नड्डाको निम्ता दिएका थिए ।