आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

उपसभामुखमा कांग्रेस सांसद पुष्पा भुसालको मनोनयन दर्ता (फोटोफिचर)

गोकर्णेश्वर खबर३० असार २०७९, बिहीबार १२:३७ मा प्रकाशित (१ साल अघि) २८९ पाठक संख्या

३० असार, प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् । भुसालले संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार मनोनयन दर्ता गराएकी हुन् ।

भुसालको प्रस्तावमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ रहेका छन् भने नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी छन् ।