आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गुरु पूर्णिमाको अवसरमा प्याब्सक काठमाडौंले भोली कार्यक्रम गर्ने

गोकर्णेश्वर खबर२८ असार २०७९, मंगलवार २१:२५ मा प्रकाशित (१ साल अघि) २८४ पाठक संख्या

२८ असार, काठमाडौं । निजि तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले गुरुपूर्णिमाको अवसरमा गुरुपूर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।

भोली असार २९ गते दिनको ३ बजे धुम्बाराही स्थित कार्की पार्टी प्यालेसमा कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा प्याब्सकमा आबद्ध  ४० भन्दा बढी विद्यालयका सञ्चालक तथा शिक्षक शिक्षिकाको सहभागिता रहने निजि तथा आवासिय विद्यालय संगठन काठमाडौंका महासचिव राजन श्रेष्ठले जानकारी दिए ।

गुरुपूर्णिमाको अवसरमा विविध सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमका उत्कृष्ट शिक्षक शिक्षिकालाई सम्मान गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् ।