आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

आजदेखि साझाको विद्युतीय बस सञ्चालनमा

गोकर्णेश्वर खबर२३ असार २०७९, बिहीबार १२:४८ मा प्रकाशित (१ साल अघि) २१७ पाठक संख्या

२३ असार, काठमाडौं । साझा यातायातले बिहीबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । साझाले पहिलो चरणमा ल्याएको तीनवटा विद्युतीय बस आजदेखि सञ्चालनमा ल्याएको हो ।

साझा यातायातले काठमाडौं उपत्यकामा चल्ने बसको एक कार्यक्रम आयोजना गरी उद्घाटन गरेको छ । साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त बसको उद्घाटन गरेका हुन् ।

तीनवटा बसमध्ये दुईवटा नयाँबसपार्क–बालाजु–ठमेल–रत्नपार्क–सिंहदरबार–नयाँबानेश्वर–मीनभवन हुँदै एयरपोर्टको रुटमा चल्नेछन् ।

त्यस्तै, अर्को लगनखेल–लैनचौर–बाँसबारी हुँदै बूढानीलकण्ठको रुटमा सञ्चालन हुनेछ ।