आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’

गोकर्णेश्वर खबर१९ असार २०७९, आईतवार १७:४३ मा प्रकाशित (१ साल अघि) १२९ पाठक संख्या

१९ असार , काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।

धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति बीए फाइभ’ भेटिएको हो । अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।