आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

सातौं चक्र बहादुर स्मृति युगल ब्याटमिण्टन प्रतियोगितामा लक्ष्मण र प्रविन कुमार सुनुवार विजयी

गोकर्णेश्वर खबर१४ असार २०७९, मंगलवार १२:५२ मा प्रकाशित (१ साल अघि) ३५४ पाठक संख्या

१४ असार, काठमाडौं । सातौं चक्र बहादुर स्मृति युगल ब्याटमिण्टन प्रतियोगिता लक्ष्मण सुनुवार र प्रविन कुमार सुनुवारको जोडिले जितेको छ ।

बेशीगाउँ युवा समुहले आयोजना गरेको प्रतियोगितामा वीर बहादुर घिसिङ र विशाल गुरुङको जोडि द्वितीय भएको छ । यसैगरी डम्बर बहादुर तामाङ, गणेश श्रेष्ठ र तेज विक र कुमार विकको जोडी तेश्रो भएका छन् ।

आज विजयी खेलाडिहरुलाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले पुरस्कार तथा ट्रफी, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरे । प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमश: २० हजार, १० हजार र तेश्रो हुने दुई टिमले ५–५ हजार नगद पाएका छन् ।

समापन कार्यक्रम मेयर दीपक रिसालको प्रमुख आतिथ्यता तथा बेशीगाउँ युवा समुहका उपाध्यक्ष हरिकृष्ण श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रमलाई उपमेयर सान्नानी लामा, नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नं. ३ प्रदेश (ख) का सभापति विमल ठकुरी, गोकर्णेश्वर नगरपालिकाका निवर्तमान प्रवक्ता मनोज ढुंगाना, नेपाली कांग्रेसका काठमाडौं जिल्ला सदस्य तथा समाजसेवी भावना ठकुरी, गोनपा ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ८ का वडा सदस्य सुमन लामा, गोकर्णेश्वर ब्याटमिण्टन समितिका संयोजक सरोज पुडासैनी, एम्पाएर वीरेन्द्र लामा, डम्बर लामाको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन बेशीगाउँ युवा समुहका अध्यक्ष कृष्ण नेपालले गरेका थिए ।