आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

सहयोगी बहुमुखी महाविद्यालयद्वारा जनप्रतिनिधिलाई बधाई तथा शुभकामना 

गोकर्णेश्वर खबर७ असार २०७९, मंगलवार २०:११ मा प्रकाशित (१ साल अघि) ३५१ पाठक संख्या

७ असार, काठमाडौं । सहयोगी बहुमुखी महाविद्यालयले आज नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, शुभकामना तथा निवर्तमान जनप्रतिनिधिहरुलाई बिदाई कार्यक्रम आयोजना गरेको छ ।

आज गोकर्णेश्वर नगरपालिका वडा नं. ४ उत्तरवाहिनीमा आयोजना भएको कार्यक्रम संघीय सांसद कृष्ण बहादुर राईको प्रमूख आतिथ्यता एवम् सहयोगी बहुमुखी महाविद्यालयका अध्यक्ष न्हुच्छे नारायण श्रेष्ठको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा स्थानीय निर्वाचनबाट निर्वाचित भएका नवनिर्वाचित नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा एवम् वडा अध्यक्ष, वडा सदस्यहरुलाई संघीय सांसद कृष्ण बहादुर राईको हातबाट माला लगाएर बधाई तथा शुभकामना दिईएको थियो भनें गोकर्णेश्वरका प्रथम नगर प्रमुख सन्तोष चालिसे, प्रथम उपप्रमुख शान्ति नेपाल, वडा नं. ४ का निवर्तमान वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ लगायत निवर्तमा वडा सदस्यहरुलाई विदाई गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, वडा अध्यक्षहरु मुरारी कुईकेल, जयराम महत, नवराज लामा, केशव गुरुङ्ग, राजिव थापा तथा विभिन्न वडाका वडा सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

कार्यक्रममा पूर्व प्रदेश मन्त्री रामेश्वर फुयालको विशेष आतिथ्यता रहेको थियो भनें समाजसेवी मान बहादुर तामाङ लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहयोगी बहुमुखी महाविद्यालयको शैक्षिक विकासका बारेमा चर्चा भएको थियो ।