आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वरका प्रथम मेयर सन्तोष चालिसेलाई सुन्दरीजलमा सम्मान

गोकर्णेश्वर खबर६ असार २०७९, सोमबार २०:१० मा प्रकाशित (१ साल अघि) ४९३ पाठक संख्या

६ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसेलाई सुन्दरीजलमा दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

आज गोकर्णेश्वर नगरपालिका वडा नं. १ बराहटारमा रहेको श्री बराहकर्णेश्वर महादेवको नवनिर्मित मन्दिरको समुद्घाटन कार्यक्रममा प्रथम मेयर सन्तोष चालिसे दम्पतिलाई प्रा.डा. ऋषिराम पोखरेलले दोसल्ला ओडाएर सम्मान गरेका छन् ।

पौराणिक कालमा स्थापना भएको मानिने बराहकर्णेश्वर महादेव मन्दिरको नवनिर्माणमा चालिसेले नगर प्रमुखको रुपमा गरेको सहयोग र व्यक्तिगत रुपमा गरेको सहयोगको उच्च कदर गर्दै बराहकर्णेश्वर मन्दिर व्यवस्थापन समितिले चालिसेलाई सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै चालिसेले गोकर्णेश्वर नगरपालिकाले साँस्कृतिक पहिचानलाई जोगाउन धार्मिक क्षेत्रको विकास र धर्म संस्कृतिको संरक्षणका लागि उल्लेख्य कार्य गरेको बताउँदै आफ्नो कार्यको मुल्यांकन गरी सम्मान गरेकोमा बराहकर्णेश्वर मन्दिर व्यवस्थापन समितिलाई धन्यवाद दिए ।

आज उद्घाटन भएको नवनिर्मित मन्दिरको शिलान्यास पनि प्रथम मेयर सन्तोष चालिसेबाट भएको थियो ।