आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

भुवाल डाँडा खुल्ला फुटसल प्रतियोगिता भोलीबाट शुरु हुने

गोकर्णेश्वर खबर६ असार २०७९, सोमबार १९:३४ मा प्रकाशित (१ साल अघि) १९८ पाठक संख्या

६ असार, काठमाडौं । भुवाल डाँडा खुल्ला फुटसल प्रतियोगिता असार ७ गते देखि ९ गतेसम्म हुने भएको छ । भुवाल डाँडा युवा क्लबले आयोजना गरेको प्रतियोगिता बौद्ध टाउन प्लानिंगमा रहेको एरिना फुटसल मैदानमा हुनेछ ।

सेभेन ए साईड खेलाईने प्रतियोगितामा प्रथम हुनेले नगद रु ७० हजार, दितीय हुनेले ३० हजार र तृतीय हुनेले नगद रु दश हजार पाउने छन् । प्रथम, दितीय र तृतीय हुन टिमले नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यसैगरी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले नगद रु २ हजार प्राप्त गर्ने छन् ।