आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

भन्सार छली ल्याइएको रासायनिक मल धादिङमा किसानबाट कब्जा 

गोकर्णेश्वर खबर४ असार २०७९, शनिबार २०:४७ मा प्रकाशित (१ साल अघि) २८४ पाठक संख्या

४ असार, काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के बजारमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानहरूले कब्जा गरेका छन् । भारतबाट भन्सार छली गरेर ल्याइएको मल धार्केमा किसानले कब्जा गरेका हुन् ।

मलको अभाव भोगिरहेका किसानहरूले पृथ्वी राजमार्गको बीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिव ५ सय जना किसानले मल लिएका छन् ।

भन्सार छली गरेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूको संलग्नतामा किसानहरूलाई जानकारी गराएका थिए । व्यापारीहरूले भने भन्सार छली गर्दै धादिङका स्थानीय बजारमा कालोबजारी गर्दै मल बेच्दै आएको आरोप पनि लागेको छ ।

विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल ’लुट्न लगाएको’ किसानहरूले बताएका छन् । किसानहरूले मल कब्जा गर्ने क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न लाठी प्रहारसमेत गरेको छ ।