आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एसपीपीमा सहभागि हुन नेपाली सेनाले पठाएको चिठ्ठी सार्वजनिक

गोकर्णेश्वर खबर२ असार २०७९, बिहीबार १७:३३ मा प्रकाशित (१ साल अघि) २२४ पाठक संख्या

२ असार, काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ । एसपीपीका बारेमा केही दिन यता नेपालमा राजनीतिक विवाद बढिरहेको छ ।

नेपाली सेनाले बुधबार मात्र विज्ञप्ति जारी गरी एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले नगरेको बताएको थियो । तर बिहीबार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको छ ।

नेपाली सेनाले अमेरिकी सेनासँग वा सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका लागि सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको बताएको थियो ।

सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १० ) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा नेपाली सेनालाई सहयोग गर्ने विषयहरू उल्लेख गरिएको छ ।

नेपाल आर्मीले पठाएको भनि मिडियाहरुमा आएको सार्वजनिक पत्र हेर्नुहोस् ।