आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो पार्टी

गोकर्णेश्वर खबर६ जेष्ठ २०७९, शुक्रबार १९:२० मा प्रकाशित (१ साल अघि) ३०५ पाठक संख्या

६ ज्येष्ठ, काठमाडौं । स्थानीय निर्वाचनमा धेरै पालिकाहरुमा जितेर सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ ।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको गृहजिल्ला समेत रहेको सिन्धुपाल्चोकमा कांग्रेसले बाह्रविसे नगरपालिका, मेलम्ची नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जितेको छ ।

यसैगरी, माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका र जुगल गाउँपालिका जितेको छ ।

नेकपा एमालेले इन्द्रावती गाउँपालिका, सुनकोसी गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका जितेको छ ।

अघिल्लो निर्वाचनमा तीन स्थानीय तह जितेको कांग्रेसले यसपटक थप दुईवटा स्थानीय तह थप्दै ५ वठा पालिका जितेको छ । नेपाली कांग्रेसले तीन उपाध्यक्ष पनि जितेको छ ।

सिन्धुपाल्चोकमा १२ स्थानीय तह र १०३ वडा रहेको छ । जिल्लाका १०३ वडामध्ये कांग्रेसले ५३, एमालेले ३६, माओवादीले ११, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारले एक-एक वडा जितेका छन् ।