आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कामपा ६ बौद्धमा २४९० मत गणना बाँकी, कांग्रेसले जित्ने संभावना

गोकर्णेश्वर खबर५ जेष्ठ २०७९, बिहीबार २२:२७ मा प्रकाशित (१ साल अघि) ४०६ पाठक संख्या

५ ज्येष्ठ, काठमाडौं । कामपा ६ बौद्धमा २४९० मत गणना बाँकी रहेको छ । अहिलेसम्मको मत गणनामा नेपाली कांग्रेसले फराकिलो मत अन्तर सहित अग्रता लिएको छ । अहिलेसम्म कांग्रेसका वडा अध्यक्ष सहित सबै सदस्यले अग्रता लिएका छन् ।

कांग्रेसका वडा अध्यक्ष भुवन लामाले २९६७ मत ल्याउँदा एमालेका उम्मेदवार वशन्त लामाले २११० मत ल्याएका छन् । भुवन लामाले ८५७ मतले अग्रता लिएका छन् ।

यसैगरी कांग्रेसका महिला सदस्यले ३०६१ मत, दलित महिला सदस्यले २९८४ मत, वडा सदस्यले २५८१ मत र अर्का वडा सदस्यले २७०३ मत ल्याउँदा एमालेका वडा सदस्यहरुले क्रमशः १९४५, १८६५, १७५५ र १९०४ मत ल्याएका छन् ।

अहिले सम्मको मत परिणाम अनुसार बौद्धमा नेपाली कांग्रेस फराकिलो अन्तर सहित अगाडी बढेको छ । नेपाली कांग्रेसले जित्ने संभावना लगभग निश्चित रहेको देखिन्छ ।