आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वरको उपमेयरमा सान्नानी लामा निर्वाचित

गोकर्णेश्वर खबर४ जेष्ठ २०७९, बुधबार २३:१४ मा प्रकाशित (१ साल अघि) ८२४ पाठक संख्या

४ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सान्नानी लामा निर्वाचित भएकी छिन् । लामा ८८०४ मतले विजयी भईन् ।

उनले निकटतम् प्रतिद्वन्दी कांग्रेसकी उपमेयरकी उम्मेदवार शान्ति नेपाललाई पछाडी पारिन् । नेपालले ८६७१ मत पाईन् । नेपाल १३३ मतले लामा भन्दा पछाडी परिन् ।

सान्नानी लामा २०७४ सालको स्थानीय चुनावमा गोकर्णेश्वर वडा नं. ८ मा वडा सदस्यमा निर्वाचित भई जिल्ल समन्वय समिति काठमाडौं सदस्य भएकी थिईन् । यसैगरी शान्ति नेपाल निवर्तमान उपमेयर समेत हुन् ।