आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर ८ को वडा अध्यक्षमा नन्दलाल श्रेष्ठ विजयी

गोकर्णेश्वर खबर४ जेष्ठ २०७९, बुधबार १६:५३ मा प्रकाशित (१ साल अघि) ७५४ पाठक संख्या

३ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नन्दलाल श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले १२५४ मत ल्याई एमालेबाट वडा अध्यक्षका उम्मेदवार कल्पना राजचललाई पराजित गरेका हुन् । राजचलले ११६० मत पाएकी छिन् । श्रेष्ठ ९४ मतले वडा अध्यक्षमा विजयी भएका हुन् ।

यस वडाको अध्यक्ष कांग्रेसले जिते पनि ४ वडा सदस्य एमालेले जितेको छ । एमालेबाट चन्द्रलाल श्रेष्ठ, सुमन लामा, सीता तिमल्सिना र सोविता मिजार विजयी भएका छन् ।

यसैगरी, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले १२८४ मत पाएका छन् भनें एमालेका मेयरका उम्मेदवार उद्धव विष्टले ११७६ मत पाएका छन् ।

यस वडामा कांग्रेसका उपमेयरले ८५९ मत पाएका छन् भनें र एमालेका उपमेयरले १३४९ मत पाएका छन् ।

कुल मतदाता ४७३५ जना रहेको यस वडामा ३१५६ मत खसेको थियो ।