आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वरमा ५८ मतले दीपक रिसालको अग्रता

गोकर्णेश्वर खबर२ जेष्ठ २०७९, सोमबार १४:५७ मा प्रकाशित (१ साल अघि) १४७१ पाठक संख्या

२ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वरमा कांग्रेसका मेयरले ५८ मतले अग्रता लिएका छन् । वडा नं. ५ को १८०० मतगणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले ५८ मतले अग्रता लिएका हुन् ।

अहिलेसम्म दीपक रिसालले नगरपालिकाका ५ वटै वडाबाट ५१०८ मत पाएका छन् भनें उनका प्रतिश्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार उद्धव विष्टले ५०५० मत पाएका छन् । वडा नं. ५ मा १५१४ मत गन्दा दीपक रिसालले मात्र २४ मतको अग्रता लिएका थिए ।

१८०० मतगणना हुँदा गोकर्णेश्वर ५ मा कांग्रेसका मेयरमा दीपक रिसालले ७२४ मत, उपमेयरमा शान्ति नेपालले ६२२ मत र वडा अध्यक्षमा नारायण बहादुर सुवेदीले ८५८ मत पाएका छन् ।

यसैगरी, नेकपा एमालेले वडा नं. ५ मा मेयरमा उद्धव विष्टले ४८० मत, उपमेयरमा सान्नानी लामाले ५११ मत र वडा अध्यक्षमा तारा कुमारी सिम्खडा पुडासैनीले ४७८ मत प्राप्त गरेको छ ।