आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर ४ मा ५१७ मतले घट्यो कांग्रेसको मेयरको मतान्तर

गोकर्णेश्वर खबर२ जेष्ठ २०७९, सोमबार ०९:४४ मा प्रकाशित (१ साल अघि) ६९४ पाठक संख्या

२ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले मेयरमा एमालेसँगको मतान्तर घटाएको छ । गोकर्णेश्वर नगरपालिकाको वडा नं. १, २ र ३ वडामा लगातार विजयी भएको एमालेले मेयर र उपमेयरमा कांग्रेससँग मतान्तर बढाउँदै लगेको थियो ।

वडा नं. ४ मा नेकपा एमालेले मेयरमा ९२९ मत ल्याउँदा नेपाली कांग्रेसका मेयरले १४४६ मत ल्याए पछि कांग्रेसले एकै वडामा ५१७ मत घटाएको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार कांग्रेसले ४ वटै वडामा गरी ४३८४ मत पाएको छ भनें एमालेले ४५७० मत पाएको छ । एमालेका मेयरका उम्मेदवार कांग्रेस भन्दा १८६ मतले मात्र अगाडी रहेका छन् ।

उपमेयरका उम्मेदवारमध्ये एमालेका उम्मेदवारले ४४६७ मत पाउँदा नेपाली कांग्रेसले ४०१७ मत पाएको छ । उपमेयरमा नेकपा एमालेकी उपमेयरकी उम्मेदवार सान्नानी लामा कांग्रेसकी उम्मेदवार भन्दा ४५० मतले अगाडी छिन् ।