आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वर २ मा १२१४ मत गन्दा नेकपाका वडा अध्यक्ष १४५ मतले अघि

गोकर्णेश्वर खबर३१ बैशाख २०७९, शनिबार २०:४१ मा प्रकाशित (१ साल अघि) १०४० पाठक संख्या

३१ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको वडा नं. २ मा नेकपा एमालेले अग्रता फराकिलो बनाएको छ । १२१४ मत गन्दा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारले कांग्रेसका उम्मेदवारले भन्दा १४५ मत बढी ल्याएका छन् ।

एमालेका अध्यक्षका उम्मेदवारले ६१६ मत ल्याउँदा कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले ४६१ मत प्राप्त गरेका छन् । एमालेका वडा अध्यक्ष उम्मेदवार १४५ मतले अगाडी रहेका छन् ।

यसैगरी, वडा नं. २ मा एमालेका मेयरका उम्मेदवार उद्धव विष्टले ५९६ मत ल्याउँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले ४४८ मत पाएका छन् ।

यसैगरी, एमालेका उपमेयरका उम्मेदवार सान्नानी लामाले ६०० मत प्राप्त गर्दा निकटतम् प्रतिश्पर्धी कांग्रेसकी शान्ति नेपालले ४२६ मत प्राप्त गरेकी छिन् । सान्नानी लामा शान्ति नेपाल भन्दा १७४ मतले अगाडी छिन् ।

यसैगरी एमालेका महिला सदस्यले ६१७ मत, दलित महिला सदस्यले ५९३ मत, वडा सदस्यले ५९२ र ५७३ मत ल्याएका छन् ।

यसैगरी वडा नं. २ मा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार गोपाल बरालले ४५ मत पाएका छन् भनें उपमेयरका उम्मेदवार पेमा छिरि शेर्पाले ५० मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरी वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका प्रेम प्रसाद श्रेष्ठले २५ मत पाएका छन् ।